१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

सिसडोलको फोहोरको पहाडमा आगलागी, दुई घण्टादेखिको नियन्त्रणको प्रयास असफल

१५ चैत, नुवाकोट । काठमाडौँ उपत्यकाको फोहोर विसर्जनस्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर २ को सिसडोलमा फोहोरको पहाडमा आगलागी भएको छ ।

मंगलबार दिउँसोदेखि आगो लागेको र नियन्त्रणको प्रयास भए पनि सफल नभएको स्थानीय नेकपा एमालेका नेता बैकुण्ठ घिमिरेले दैनिकीलाई जानकारी दिए ।

उनले आगो नियन्त्रणका लागि २ घण्टादेखि २ वटा दमकलले प्रयास गरेको भए पनि सफल भएको छन । घिमिरेले आगलागीको कारण पत्ता नलागेको बताए । आगालागीका कारण फोहोर व्यवस्थापनमा समस्या हुने बताए ।

 

प्रकाशित मिति : March 29, 2022 at 5:59 pm