७ असार २०८३, आइतबार | Sun Jun 21 2026

निमा लामाको नेतृत्वमा दोलखाका तीन दर्जन माओवादी नेता नेकपा एमालेमा

१५ चैत, दोलखा । दोलखाको गौरीशंकरमा माओवादीका सवै नेताहरु एमाले प्रवेश गरेका हुन । माओवादी केन्द्रका निर्वाचन क्षेत्रीय संयोजक रहनुभएका जिल्लाकै प्रभावशाली नेता निमा लामा आज आफ्नो वडाको सिंगो टीम बिलय गराउँदै निर्वाचन क्षेत्रका अन्य प्रभावशाली नेता–कार्यकर्तासहित एमालेमा प्रवेश गरेका छन ।

लामा २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनको तर्फबाट गौरीशंकर गाउँपालिका अध्यक्षका उम्मेद्वार थिए । लामो समयदेखि माओवादीमा क्रियाशील नेता लामालाई आज उहाँकै वडा झ्याँकूमा पुगेर पूर्वमन्त्री एवं एमाले नेता गुरुङ, एमाले दोलखा इञ्चार्ज सरस्वती बस्नेतसहितका नेताहरुले पार्टीमा स्वगत गरे ।

लामासँगै माओवादी दोलखाका सचिवालय सदस्य शंखङिमा शेर्पा, मिङगुर शेर्पा, अशोक तामाङ, छिरिङ डोमा शेर्पा, नुर्वु शेर्पा, नाम्गेल शेर्पालगायतका नेताहरु एमाले प्रवेश गरेका छन । आज आयोजित कार्यक्रममा नेता लामाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भिजन र दोलखामा पार्वत गुरुङ जस्ता बिकाशवादी र सवैलाई समान ब्यवहार गर्ने कामबाट आफू एमालेमा आएको बताए ।

प्रकाशित मिति : March 29, 2022 at 5:04 pm