७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कांग्रेसमा गठबन्धनका लागि अलग्गै समन्वय संयन्त्र बनाउन कोशिश

१५ चैत, काठमाडाैँ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने सभापति शेरबहादुर देउवाको मतको पक्षमा अधिकांश केन्द्रिय सदस्य उभिएपछि गठबन्धन निमार्णका लागि संयन्त्र बनाउने कोशिश भएको छ । प्रतिपक्ष नेकपा एमाले बलियो भएको तर्क राख्दै कांग्रेस सभापति देउवाले गठबन्धनमा जोड दिए पछि सत्तारुढ दलसँग गठबन्धन गर्नका लागि अलग्गै संयन्त्र निमार्ण गर्ने कोशिश भएको हो ।

अलग्गै संयन्त्र निर्माण गरेर जाने कि नजाने भन्ने बारेमा कांग्रेस शीर्ष नेताहरुको बीचमा छलफल जारी राखिएको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।

‘केन्द्रबाट नै गठबन्धनको निर्णय गरेर जानेभन्दा पनि स्थानीय तहले आवश्यकता आधारमा तालमेल गर्ने अधिकार दिनुपर्छ भन्ने अधिकांशको धारणा बैठकमा प्रस्तुत भएको छ,’ केन्द्रीय सदस्य महरले न्युज कारखानासँग भने, ‘त्यसका लागि स्थानीय तह, जिल्ला र प्रदेशस्तरमा नै एउटा अलग्गै समन्वयात्मक संयन्त्र बनाउने र त्यसको सुझावका आधारमा निर्वाचनमा तालमेल गर्न सकिने मोडलका बारेमा कुराकानी भइरहेका छन् ।’ उनका अनुसार सो बारेमा सभापति देउवाले शीर्ष नेताहरुसँग राय सुझाव लिइरहेका छन् ।

प्रकाशित मिति : March 29, 2022 at 11:28 am