१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

विदुरको भूगोलबाट एमालेको विभिन्न जिम्मेवारीमा पुगेकाहरूलाई नगरकमिटीले सम्मान गर्ने

१४ चैत, नुवाकोट । नेकपा एमाले विदुर नगर कमिटीले पार्टीको र जनसंगठनको विभिन्न जिम्मेवारीमा पुगेका आफ्ना भूगोलका नेताहरूलाई सम्मान गर्ने भएको छ । आतबार सदरमुकाम विदुरमा बसेको नगर कमिटीको सचिवालय बैठकले यस्तो निर्णय गरेको सचिव अनुजकुमार श्रेष्ठले जानकारी दिए ।

सचिव श्रेष्ठका अनुसार नुवाकोट भूगोल भएका केन्द्रीय कमिटीका उपमहासचिव, स्थायी कमिटी सदस्य, केन्द्रीय कमिटीका सदस्यहरु, वागमती प्रदेशका अध्यक्ष तथा विदुर नगर पालिकाबाट प्रतिनिधित्व गर्ने वागमती प्रदेश कमिटीका सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारी, सचिवालय सदस्य तथा जिल्ला कमिटीका सदस्यहरु र विदुरबाट जनवर्गीय संगठनहरुमा प्रतिनिधित्व गर्नुहुने केन्द्रीय पदाधिकारीहरुलाई चैत २६ गते विशेष कार्यक्रम गरेर सम्मान गरिनेछ ।

सचिवालय बैठकले उक्त कार्यक्रमको संयोजनको जिम्मा २ नम्बर वडा कमिटीलाई दिएको छ । त्यस्तै बैठकले टोल कमिटीका सबै पदाधिकारी तथा सदस्यहरुको संयुक्त सपथ ग्रहण तथा वडा स्तरीय प्रशिक्षण कार्यक्रम गर्न ८ दिनको कार्ययोजना तय गरेको छ । चैत १८ देखि सुरू हुने कार्यक्रम चैत २५ मा समापन हुने सचिव श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रशिक्षण कार्यक्रमको तालिका यस्तो रहेको छ ।

वडा नम्बर १३, चैत १८ गते २०७८
वडा नम्बर ५, चैत १९ गते बिहान
वडा नम्बर २, चैत १९ गते दिउँसो
वडा नम्बर६, चैत २१ गते विहान
वडा नम्बर १२, चैत २१ गते दिउँसो
वडा नम्बर १०, चैत २२ गते
वडा नम्बर ११, चैत २२ गते
वडा नम्बर ९, चैत २३ गते विहान
वडा नम्बर ७, चैत २३ गते दिउँसो
वडा नम्बर ८, चैत २४ गते विहान
वडा नम्बर ४, चैत २४ गते दिउँसो
वडा नम्बर १, चैत २५ गते विहान
वडा नम्बर ३, चैत २५ गते दिउँसो

प्रकाशित मिति : March 28, 2022 at 10:40 pm