९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

नागरिकको समृद्धिको आधार बन्नसक्छ नुवाकोटको पर्यटन, यसरी गर्न सकिन्छ प्रवर्द्धन

-अनुजकुमार श्रेष्ठ 

नुवाकोट जिल्ला आफैमा ऐतिहासिक धार्मिक रुपमा अत्यन्तै महत्त्वपूर्ण स्थानहरु भएको जिल्ला हाे। त्यसमा पनि विशेषगरी विदुर नगर पालिका पृथ्वीनारायण शाहकाे कारण प्रत्यक्ष रुपमा इतिहास संग जाेडिएकाे स्थान हाे। पृथ्वीनारायण शाहाले काठमाडौं आक्रमण गर्नकाे निम्ति रणनीतिक रुपमा नुवाकोट विजय गरेपश्चात नेपाल कै राजधानीकाे रुपमा विदुर वडा नम्बर २ स्थित नुवाकोटबाट शासन गरेका थिए। नुवाकोट स्थित रहेको साततले दरबार, त्यस आसपास कायम रहेको राजकीय भवनहरुले त्याे इतिहास पुष्टि गरेकै छ। यद्यपि ७२ सालको भुकम्पले जीर्ण अवस्थामा रहेको छ। शुरुआत भएको पुनर्निर्माण कार्य समेत काेराेनाकाे कारणले पुराहुन सकेको छैन।

अर्को महत्त्वपूर्ण कुरा पृथ्वीनारायण शाहकाे देहावसान भएको स्थान यसै विदुर नगर पालिकाकाे देवीघाटमा हाे। र साेही स्थानमा वहाँकाे पार्थीव शरीरको अन्त्यष्टी समेत भएको थियाे। गल्छी हुदै विदुर आउदा देवीघाटमा बाटाेकाे छेवैमा हामी पृथ्वीनारायण शाहकाे शालिक देख्न सक्छौ। अलिपर त्रिशूली नदी र तादी नदीकाे दाेभानमा रहेको जाल्पादेवी मन्दिर संगै पृथ्वीनारायण शाहको अन्त्यष्टी गरिएको ऐतिहासिक ढुङ्गा देख्न सक्छौ । त्रिशूली नदी गाेसाईकुण्डबाट आएको र तादी नदी सूर्य कुण्डबाट आएकोले यसकाे आफ्नै धार्मिक महत्त्व रहेको छ। माघे सक्रान्ती लगायतको पर्वहरुमा यहाँ ठूलो मेला लाग्ने गर्छ।

पृथ्वीनारायण शाह भन्दा अगाडि जाने हाे भने नुवाकोट मल्ल राजाहरुकाे पालामा समेत राजधानी अथवा देशको राजनीतिक केन्द्र रहेको त्यहाँ रहेको ऐतिहासिक संरचनाहरुले पुष्टि गर्छ। काठमाडौंकाे बसन्तपुरमा रहेको जस्तै महाँनवमी पर्व र जात्रामा मात्रै खुल्ने पुजाआजा हुने तलेजु मन्दिर नुवाकोटमा रहेको छ जुन मल्लकालिन हाे। भैरवी मन्दिर आफैमा एउटा महत्त्वपूर्ण धार्मिक केन्द्र हाे। नुवाकोट भैरवी र देवीघाटमा रहेको जालपादेवी दिदीबहिनी भएको विश्वास गरिन्छ । हरेक वर्ष नुवाकोट भैरवीकाे रथयात्रा गरि देवीघाट सम्म जात्रा सम्पन्न हुन्छ। जात्राको क्रममा नुवाकोट भैरवी मन्दिरमा नियमित पुजा संचालन गर्न व्यवस्था गरिएको नेवार समुदायको पुजारी दम्पतीलाई जिवित देवताकाे रुपमा पुजा गर्ने, भाेग खाने चलन रहेको छ।

स्थानीय रुपमा हामी धामीधमिनी भन्छाै। नुवाकोट देखि यहीं बट्टार बजार बारही मन्दिर हुदै देवीघाट सम्मकाे रथ यात्रा सम्भवतः नेपाल कै सबैभन्दा लामो रथ यात्रा हुन सक्छ। याे अध्ययनकाे विषय हाे। करिव १० किलोमिटर नुवाकोट भैरवी मन्दिरमा रहेको सबै मूर्तिहरु रथमा राखेर ठाउँ ठाउँमा ताेप पड्काउदै विशेष पुजाआजा गर्दै विभिन्न जाती समूदाय प्रत्यक्ष रुपमा सहभागी हुने रथयात्राकाे विशेष महत्त्व रहेको छ। रथ बाेक्नमा लच्याङकाे तामाङ समूदायकाे सम्लग्नता लगायत जात्राको बारेमा छुट्टै प्रस्तुति रहनु जरुरी छ। यसका ऐतिहासिक एवं धार्मिक महत्त्व धेरै रहेको छ।

नुवाकोट स्थित हालकाे अशोकबारी क्षेत्र अंशुवर्मा संग जाेडिएकाे क्षेत्र हाे। अंशुवर्माले आफ्नो छाेरी भृकुटीकाे बिवाह तिब्बतका राजकुमार सङ्चङ गम्पाे संग विवाह गरिदिए पछि त्यसबेला पैदल हिडेर तिब्बत जाने क्रममा राति बास बसेकाे स्थानमा पाटी बनाएर विशेष रुपले विकास गर्ने क्रममा नुवाकोट टुँडिखेल स्थित केहि अशाेककाे रुखहरु राेपेर आफ्नाे नाममा बाटिका बनाएर अंशुबाटिका नाम राखेको जन विश्वास रहेको छ। त्यस क्षेत्रकाे नाम अंशुबाटीका हुदै पछि अशाेककाे बाेट हुर्किदै गयाे। अशाेककाे बाेट भन्ने पहिचान भए पछि अशाेकबाटिका र विस्तारै अपभंस भएर अहिले अशाेकबारीकाे नामले उक्त ठाउँ चिनिन्छ । अहिले पनि त्यहाँ टुँडिखेलमा अशाेककाे बाेटहरु रहेको छ।
ऐतिहासिक धार्मिक रुपले महत्त्व राख्ने मञ्जुश्री कालिन बाैद्धनाथ चैत्य समेत त्यस स्थानमा रहेको छ।

जिवित कुमारी रहेको छ, लाखे जात्रा, नारायण जात्रा लगायत धेरै धार्मिक महत्त्व राख्ने पर्वहरु यहाँ नियमित रुपमा संचालन हुने गर्छ। त्यसको निम्ति तत्कालीन सरकारले विशेष व्यवस्थापन गरेको गुठीहरु अझै अस्तित्वमा रहेको छ। तर उचित व्यवस्थापन नहुदा समस्या उत्पन्न भएको छ। यस्ता जात्रा पर्वहरु लाेप हुने अवस्थामा पुगेको छ। काठमाडौंमा भएको जस्तै ईन्द्रचाेक, टुँडिखेल, ब्रम्हटाेल यहाँ रहेको छ। कालभैरव, भिमसेन स्थान, कालिकामालिकामा अझै काठमाडौं लगायतको ठाउबाट पुजा गर्न पुरानो मानिसहरु आउने गर्छन्।

नुवाकोटमा पहिले चारै दिशामा चारवटा ढाेका रहेको र अपराध गर्नेहरुलाई ढाेका बाहिर निकाला गर्ने चलन रहेको थियो । अझै त्यहाँ भुटाेल बजार क्षेत्रलाई ढाेकाभित्र भन्ने चलन रहेको छ। यसरी नुवाकोटको ऐतिहासिक एवं धार्मिक महत्त्वकाे बारेमा चर्चा गर्न सकिन्छ । यि सबै पर्यटन प्रवर्द्धनका निम्ति महत्त्वपूर्ण कुराहरू हुन् । पहिले माेटरबाटाे नहुदा गाेरखा, लमजुङ देखि पश्चिमी भेगका मानिस सामरी भञ्ज्याङबाट त्रिशूली हुदै काठमाडौं जाने गर्थें । त्रिशूलीबाट बान्द्रे, सितापाेखरी हुदै माथि नुवाकोट उक्लने पैदलमार्ग त्यही बेलाकाे रणनीतिक व्यापारिक मार्ग हाे। तर अहिले संरक्षणको अभावमा अस्तित्व संकटमा परेको छ।

त्रिशूली आफैमा महत्त्वपूर्ण ठाउँ । पहिलेको व्यापारिक केन्द्र। साँघु बजारको नामले चिनिएको ठाउँ हाे। त्रिशूली नदीको किनारमा रहेको बजार भएकोले त्रिशूली बजार भनिएको हाे। तर त्रिशूली नदीकाे किनारमा धेरै ठाउँहरु छन् तर यसैलाई त्रिशूली बजार किन भनियो भन्ने अध्ययन जरुरी छ। सायद त्रिशूलीकाे किनारमा यतिको ठूलो बजार अन्त नभएको र त्रिशूली नदी तर्ने साँघु यहाँ मात्रै भएकोले यसैलाई साँघुबजार भनियो र पछि त्रिशूली बजार भनिएको हाे भन्न सकिन्छ । याे पहिलेको व्यापारीक केन्द्र हाे। धादिङ नुवाकोट र रसुवाको पहिलो एकमात्र माध्यमिक विद्यालय त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय यहाँ रहेको छ। जंगबहादुर राणाले घुम्ने क्रममा आफ्नो बहादुरी देखाउन पुलबाट घाेडा सहित त्रिशूली नदीमा हाम्फालेकाे ठाउँ हाे याे। तर अहिले उक्त पुरानोपुल भएको ठाउँमा नयाँ पक्की पुल बनाइएको छ। जुन पक्की पुल त्रिशूली पावर हावस निर्माणको क्रममा बनाएको हाे।

हाम्रै नगरपालिका भित्र बेत्रावती पर्छ। जुन ठाउँ उत्तरगयाकाे रुपमा चिनिन्छ । याे क्षेत्र धार्मिक रुपमा जति महत्त्वपूर्ण छ त्यतिनै ऐतिहासिक रुपमा पनि महत्त्वपूर्ण छ। यहाँ आएर एक पटक आफ्नो पितृकाे नाममा श्राद्ध नगरी माेक्ष प्राप्त नहुने जनविश्वास रहेको छ। देशको कुनाकुना देखि यही आफ्नो दिगम्वत मातापिताको स्मरणमा श्राद्ध गर्न श्रद्धालुहरु आउँछन् । तिब्बतसंग युद्ध भएपछि सम्झौता भएको ऐतिहासिक स्थान हाे बेत्रावती। जुन बेत्रावती सन्धिको रुपमा इतिहासमा उल्लेख छ।

विदुर भित्र रहेको पञ्चकन्या मन्दिरको आफ्नै धार्मिक महत्त्व छ। भैरमकाेट क्षेत्र जहाँ युद्धकालीन बंकर किल्लाहरु अझै रहेको छ। त्यसको अबलोकन गर्न सक्छौ । शेरामा पहिले दरबार थियोे, हामी रानीकाे दरबार भन्थ्याेै। प्यासकाेट क्षेत्र त्यहीँ पर्छ। अर्को फिर्केपकाेट क्षेत्र ढिकीजाँताे चुली यहीँ आसपासमा तारकेश्वरपर्छ। ककनीमा बसन्ती दरबार, रुम्बा राजाको इतिहास बाेकेकाे ठाउँ हाे। बेलकाेट आफैमा ऐतिहासिक ठाउँ । चिम्टेश्वर धार्मिक पर्यटकीय महत्त्व भएको स्थान हाे। दुप्चेश्वर महादेवलाई दाेश्राे पशुपति नाथकाे रुपमा पुजा गरिन्छ ।

कबिलासमा रहेको कपिलेश्वर, नाट्यश्वरकाे धार्मिक महत्त्व निकै रहेको छ। सूर्यगढी यहि नुवाकोटमा रहेको छ। तामाङ समुदायको बाहुल्य रहेको किस्पाङ, म्यागङ क्षेत्र आफैमा महत्त्वपूर्ण पर्यटकीय क्षेत्र हाे। नेपालकै ठूलो भेडा फार्म किस्पाङकाे भाल्चेमा रहेको छ। शिवपुरी राष्ट्रिय निकुञ्जकाे केहि भाग नुवाकोट भित्रै पर्छ। यसरी पर्यटकीय हिसाबले अति सम्भावना युक्त ठाउँहरु नुवाकोटमा रहेको छ। पर्यटन प्रवर्द्धनका निम्ति यस्ता अन्तरक्रिया कार्यक्रमहरुकाे धेरै महत्त्व रहेको हुन्छ।

अझ पत्रकार संचारकर्मीहरु बिच हुने यस्ता अन्तरक्रियात्मक कार्यक्रमले विशेष अर्थ राख्दछ। बाहिर जिल्लाबाट विभिन्न भूगोलबाट कार्यक्रमकाे सिलसिलामा नुवाकोट आएर बस्नु, कार्यक्रममा सहभागी हुनु र नुवाकोटको विभित्र ठाउहरुकाे भ्रमण गर्नु फरक विषय हुन्। कार्यक्रमकाे सिलसिलामा यहाँ आएर हाेटलमा बस्नु र सकिए पछि आआफ्नो घर फर्किनु मात्रैले खासै महत्त्व राख्दैन । तर यहाँको ऐतिहासिक क्षेत्र , धार्मिक क्षेत्र , मठमन्दिर, बजार पार्क अनि यहाँ रहेका कला संस्कृतिहरुकाे बारेका बुझेर अबलोकन गरेर यसकाे बारेमा थप अरुलाई बताउनु भयाे भनेमात्रै पर्यटन प्रवर्द्धन हुने हाे। तपाईंले घुमेकाे ठाउँकाे बारेमा अरुलाई भन्दा केकसरी भन्नु भयाे अथवा यहाँकाे बाताबरणबाट तपाईं कतिको प्रभावित हुनु भयाे त्यसबाट अरुलाई तपाईंले प्रभावित पार्ने हाे।

तपाईंलाई यहाँको बाताबरणले प्रभाव पार्न नसक्ने अवस्था भएमा पर्यटन प्रवर्द्धन हुन सक्दैन । तसर्थ पर्यटन प्रवर्द्धनकाे लागि आगन्तुकलाई प्रभावित गर्ने गरि बाताबरण बनाउनुपर्छ । बाताबरण भन्नाले सरसफाइ मात्रै हाेईन ऐतिहासिकता कति कायम गर्न सकेको छ, सांस्कृतिक धराेहरहरुकाे संरक्षणमा कति ध्यान दिएको छ। पर्यटकले घुम्न खाेज्दा त्यहाँ सम्म पुग्ने सहजता कतिकाे छ त्यसलाई पनि ख्याल गर्नुपर्ने हुन्छ। यातायातको व्यवस्था के कस्तो छ। बाटाेकाे स्तरलाई समेत ख्याल गर्नुपर्ने हुन्छ। धुलिखेल बन्दिपुर, घान्द्रुक अझै भन्नुपर्दा पाेखराकाे विकास उत्कृष्ट व्यवस्थापन र यातायातको सुगमताले भएको हाे। हामीले पनि त्यस तर्फ ध्यान दिनुपर्ने हुन्छ।

हामी शैक्षिक भ्रमणको लागि तनहुँ जान्छौं, गाेर्खा जान्छौं, लुम्बिनी जान्छौं तर लुम्बिनीको विद्यार्थीहरु तनहुँका विद्यार्थीहरु नुवाकोट आउछन् कि आउदैनन् त्यसको तथ्यांक हामीसंग छैन । राजमार्गबाट गल्छी हुदै करिव आधा घण्टामा ऐतिहासिक क्षेत्र देवीघाट जुन पृथ्वीनारायण शाहकाे देहावसान र दाहसंस्कार गरेको स्थान हाे, त्यहाँ आइपुग्छाै। काठमाडौंबाट करिव दुई घण्टामा सदरमुकाम विदुर आईपुग्छाै भने अब शैक्षिक भ्रमणको लागि शैक्षिक संघ संस्थाहरु संग हामी पर्यटन प्रवर्द्धनकाे लागि बजारीकरण गर्ने की नगर्ने ?

अझै फरक ढंगबाट अगाडि बढ्ने हाे भने अब भविष्यमा टाेखा छहरे सुरुङमार्ग बनेपछि काठमाडौं नुवाकोट एउटै शहरकाे रुपमा विकास हुन सक्छ। काठमाडौंकाे काेलाहलमा हाेईन शान्त बाताबरणमा बसाेबास गराउन अन्तर्राष्ट्रिय पर्यटकहरुलाई एयरपोर्टबाट सिधै नुवाकोट ल्याउन सक्ने गरि ट्राभल एजेन्सीहरु संग छलफल गर्न थाल्नु पर्छ। पर्यटन प्रवर्द्धनका लागि सबै व्यवसायी, सामाजिक संघसंस्था नागरिक समाज नै लाग्नुपर्ने हुन्छ। पर्यटनकै माध्यमबाट हामी सामाजिक रुपान्तरण गर्न सक्छौ । नागरिकको आर्थिक रुपान्तरण गर्न सक्छौ । आयातलाई निरुत्साहित गरि स्थानीय उत्पादनमा ध्यान दिने र स्थानीय उत्पादन नै प्रयोग गर्ने हाे भने समृद्धि धेरै टाढाकाे विषय हाेईन। मात्रै आवश्यक छ दृढता सहितको इच्छाशक्ति र दूरदर्शिता राख्ने नेतृत्व। रुपान्तरण सम्भव छ। सबै मिलि हातेमालो गराै।

सामाजिक काममा सक्रिय श्रेष्ठ नेकपा एमाले नुवाकोटका नेता हुन । 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार १३:०५