३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

आफ्नै कीर्तिमानलाई तोड्दै कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा चुचुरोमा

३ जेठ, काठमाडौँ । विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ । सोलुखुम्बुको थामेका ५६ वर्षीय शेर्पाले आज बिहान १०ः १२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको हो । उहाँले विश्वको सर्वोच्च शिखरमा सबैभन्दा धेरै पुग्ने आफ्नै कीर्तिमानलाई तोड्दै नयाँ इतिहास रच्नुभएको हो ।

यसअघि सेभेन समिट ट्रेकमार्फत सगरमाथा चढ्दै आउनुभएका शेर्पाले यसपटक भने ‘फोर्टिन पिक्स एक्सिपिडिसन’ मार्फत सञ्चालित ‘एडभेन्चर–२४ फोर्टिन पिक्स एभरेष्ट एक्सिपिडिसन’को नेतृत्व गर्दै ऐतिहासिक सफलता हाँसिल गर्नुभएको हो ।

dainiki.com

सन् १९९४ मा पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेक्नुभएका कामिरितालाई विश्वभर ‘एभरेष्ट म्यान’का रुपमा चिन्ने गरिन्छ । फोर्टिन पिक्स एक्सिपिडिसनका संस्थापक टासी लाक्पा शेर्पाले कामिरिताको उक्त उपलब्धि नेपाल र विश्व पर्वतारोहण समुदायका लागि गौरवको विषय भएको बताउनुभयो ।

“कामिरिताको यो उपलब्धि केबल व्यक्तिगत सफलता मात्र नभई नेपालको शान र हिमालको भावनालाई विश्वमाझ पु¥याउन एउटा ठूलो माध्याम हो, हामी उहाँको यो निरन्तरको यात्राको सहयोगी बन्न पाएकामा अत्यन्त गर्व गर्दछौँ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : 21:47