एमाले सचिवालय बैठक सकियो, के भयो निर्णय ?
८ जेठ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठक सकिएको हो ।
आजको बैठकमा ५ जना उपाध्यक्षहरूले आफ्ना कुरा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनका अनुसार, सचिवालयका अन्य १२ जनाले भोलि आफ्ना कुरा राख्नेछन् ।
भोलि बिहान साढे ११ बजे अध्यक्ष ओलीकै निवासमा पुन: सचिवालय बैठक बस्ने भट्टले जानकारी गराए । उनले बैठकमा आएको सुझावको आधारमा कार्यविभाजनका लागि प्रस्तावित नाम संशोधन हुनसक्ने बताए।
प्रकाशित मिति : May 22, 2026 at 6:10 pm









