३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

आफ्नै कीर्तिमानलाई तोड्दै लाक्पा शेर्पा ११औँ पटक सगरमाथा चुचुरोमा

३ जेठ, काठमाडौँ । महिला आरोही लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ । सङ्खुवासभाको मकालुकी लाक्पा शेर्पाले आज बिहान ९ः३० बजे ११औँ पटक सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको हो । उहाँले विश्वको सर्वोच्च शिखरमा सबैभन्दा धेरै पुग्ने महिला आरोहीको आफ्नै कीर्तिमानलाई तोड्दै नयाँ इतिहास रच्नुभएको हो ।

कुनै महिला आरोही सगरमाथा चढेको यो नै सबैभन्दा धेरै पटक भएको पर्यटन विभागले जनाएको छ । यसअघि लाक्पाले सन् २०२२ मा १०औँ पटक सगरमाथा आरोहण गर्नुभएको थियो ।

dainiki.com

त्यसबेला उहाँले आफ्नै नाममा रहेको नौ पटक सगरमाथामा पुग्ने महिला आरोहीको कीर्तिमान तोड्नुभएको थियो । हालसम्म कम्तीमा सात हजार आरोहीले १२ हजार पटक सगरमाथा चुचुरोको सफल आरोहण गरिसक्नुभएको छ ।

प्रकाशित मिति : 22:04