७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

केपी ओलीको अपराध लुकाउन एमालेको कोषबाट झण्डै चार करोड दुरूपयोग

७ जेठ, काठमाडौँ । केपी शर्मा ओलीको अपराध लुकाउन एमालेको कोषबाट झण्डै चार करोड दुरूपयोग भएको ताजा घटना सार्वजनिक भएको छ । अनलाइनखबर मार्फत पत्रकार कृष्ण ज्ञवालीले यो विषय सार्वजनिक गर्नुभएको छ ।

उच्चपदस्थको उपचार खर्चको नाममा राज्यकोषबाट भएको ब्रम्हलुटमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरू गरेपछि एमालेले ओलीको अपराध लुकाउनका लागि पार्टी कोषको झण्डै चारकरोड रूपैयाँ दुरूपयोग गरेको पाइएको हो ।

एमाले अध्यक्ष ओलीले आफूले सत्तामा हुँदा गरेको पदीय दुरूपयोगको विषय मुद्दा बनेर अदालत जाने भएपछि पार्टी कोषबाट तीन करोड २० लाख ७४ हजार ८६९ रुपैयाँ सरकारको नाममा राष्ट्र बैंक मार्फत भुक्तानी गरेको अनलाइनखबरले दाबी गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले आयोगलाई अनुसन्धान प्रक्रिया अघि बढाउन दवाब सिर्जना गरेपछि अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईको आइडियामा एमालेको कोषबाट रकम भुक्तानी भएको हो । यही जेठ १ गते एमालेको कोषबाट नेपाल राष्ट्र बैंकमा झण्डै चार करोड दाखिला भएको बैंक स्रोतले बताएको छ ।

ओली स्वंयले उपचार खर्चको नाममा राज्यबाट लिएको दुई करोड ३९ लाख ३५ हजार ७१४ रुपैयाँ र पूर्व प्रधानमन्त्री झलनाथ खनालको नाममा खर्च भएको ८१ लाख ३९ हजार १५५ रुपैयाँ एमालेको खाताबाट राज्य कोषमा फर्किएको हो ।

ओलीले आफूले सत्ताको नेतृत्वगर्दा जनस्वास्थ्य ऐन, २०७५ को व्यवस्थाविपरित राज्य कोषको रकम दुरूपयोग गरेका थिए । ओलीको भ्रष्टाचार ढाकछोप गर्न गोप्य रूपमा एमालेले अर्को निर्णय गरेर पैसा तिरेको एमाले स्रोतले बताएको छ । यो सिधा भ्रष्टाचार हो ।

अनलाइनखबरका अनुसार उपचार खर्च बापतको रकम फिर्ता भएपछि एमाले केन्द्रीय कार्यालयका केही नेताहरूले परराष्ट्र मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कोष तथा लेखा नियन्त्रण कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रकम डिपोजिट गरिएको प्रमाण पेश गरेका छन् ।

ओलीले राज्यकोषको दुरूपयोग गरेर खर्च  गरेको रकम बालेन सरकारको पहलकदमीले राज्य कोषमै फर्किनु राम्रो भए पनि एमालेका कार्यकर्ताले लेवीका नाममा तिरेको पैसाबाट कोषमा जम्मा गरेको पैसा भने एमालेले फेरि दुरूपयोग गरेको छ ।

प्रकाशित मिति : May 21, 2026 at 7:26 pm