१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

अनुमतिबिना महाकालीमा आएको भारतीय डोजरको साँचो सशस्त्र प्रहरीले खोस्यो

१३ चैत, काठमाडाैँ । सशस्त्र प्रहरीले भारतीय स्काभेटरको चाबी खोसेको छ । दार्चुलास्थित महाकाली नदीमा तटबन्ध निर्माणमा प्रयोग गरिएको भारतीय स्काभेटर नेपालतर्फ आएपछि चाबी खोसेको हो ।

नेपालसँग समन्वय नगरी दार्चुलातर्फ भारतीय स्काभेटर आएपछि सशस्त्र प्रहरीले चाबी खोसेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

‘हामीसँग समन्वय नगरेर दार्चुलातर्फ भारतीय स्काभेटर आएको थियो,’ उनले भने, ‘समन्वय बिना नेपालतर्फ स्काभेटर ल्याउन पाइदैन्, नेपालतर्फको बाटो प्रयोगका ल्याइएको भएपनि लिखित रुपमा जानकारी गराएन ।’

भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण गरेपछि लामो समयदेखि विवाद हुँदै आएको छ ।

‘भारतीय पक्षले हामीसँग समन्वय नगरेर महाकालीमा जथाभावी रुपमा तटबन्ध निर्माण गरिरहेको छ,’ उनले भने, ‘त्यही प्रयोग भएको स्काभेटर नेपाली भूभागमा आएपछि चाबी खोसेका हौं, उनीहरुले डाइरेक्ट स्टार्ट गरेर अहिले फिर्ता लगेका छन् ।’ उक्त स्काभेटर नदीको धार परिवर्तन गर्दै नेपालतर्फ पुगेको थियो । सम्पादकको अनुमतिमा सीमारेखाबाट साभार 

प्रकाशित मिति : March 27, 2022 at 5:40 pm