२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सर्लाहीको फुलजोरमा यात्रुबाहक बस दुर्घटना, ४ जनाको मृत्यु

१३ चैत, काठमाडाैँ । सर्लाहीको फुलजोरमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पुलबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

बसमा सवार अन्य ३२ जनाभन्दा बढी यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाईँले जानकारी दिए ।

वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस आइबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलामाथिको पुलमा दुर्घटना भएको दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न नसकेको एसपी प्रसाईँले जानकारी दिए ।

मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको एसपी प्रसाईँले जानकारी दिए ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार १४:३६