१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

चिनियाँ विदेशमन्त्री वाङ यी र एमाले नेताहरूबीचको भेटवार्ता

१३ चैत, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न चिनियाँ विदेशमन्त्री वाङ यी होटल मेरियट पुगेका छन । अहिले त्यहाँ भेटवार्ता जारी छ । विदेशमन्त्री यीले बिहान ११ः१० बजेदेखि होटल मेरियटमा ओलीसँग भेटवार्ता गरिरहेका छन । भेटमा नेपाल–चीन द्विपक्षीय हितबारे छलफल हुने बताइएको छ ।

भेटमा एमालेको तर्फबाट अध्यक्ष ओली सहित बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवं विदेश विभागका प्रमुख डा.भट्टराई, पूर्वराजदुत डा.अन्जान शाक्य, एमाले केन्द्रीय सदस्य एवं मदन भण्डारी फाउण्डेसनको सचिव  पेम्बा लामा र विदेश विभागकी सदस्य एवं फाउण्डेसनको अध्यक्ष उषा किरण भण्डारी सहभागी रहेका छन ।

प्रकाशित मिति : March 27, 2022 at 11:19 am