१० आश्विन २०८१, बिहीबार | Fri Sep 27 2024

आजको विदेशी मुद्राको विनिमय दर

१३ चैत, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्री दर १२२ रुपैयाँ २२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ८५ पैसा र बिक्री दर १३४ रुपैयाँ ५२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ १७ पैसा र बिक्री दर १६० रुपैयाँ ९६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ दुई पैसा र बिक्री दर १३१ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ३७ पैसा र बिक्री दर ९१ रुपैयाँ ८२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ४७ पैसा छ । जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ मात्र र बिक्री दर १० रुपैयाँ पाँच पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ११ पैसा र बिक्री दर १९ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४२ पैसा र बिक्री दर ३२ रुपैयाँ ५८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३२ पैसा र बिक्री दर ३३ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर २९ रुपैयाँ तीन पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ एक पैसा कायम भएको छ

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार ११:०६