१० आश्विन २०८१, बिहीबार | Fri Sep 27 2024

सुनको मूल्य एक लाख नौ सय रुपैयाँ

१३ चैत, काठमाडाैँ । साताकाे पहिलाे दिन आइतबार सुनको भाउ गत शुक्रबारकाे तुलनामा स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ ।

गत साताकाे अन्तिम दिन शुक्रबार पनि सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि स्थिर छ । शुक्रबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही भाउमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार ११:०३