चिनियाँ विदेशमन्त्रीसँगको भेटमा एमालेबाट मदन भण्डारी फाउण्डेसनका अध्यक्ष र सचिव पनि बस्ने
१३ चैत, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न चिनियाँ विदेशमन्त्री वाङ यीले आज भेटवार्ता गर्दैछन । विदेशमन्त्री यीले बिहान ११ः१० बजे होटल मेरियटमा ओलीसँग भेटवार्ता गर्ने तय भएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय हितबारे छलफल हुनेछ ।
भेटमा एमालेको तर्फबाट अध्यक्ष ओली सहित बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवं विदेश विभागका प्रमुख डा.भट्टराई, पूर्वराजदुत डा.अन्जान शाक्य, एमाले केन्द्रीय सदस्य एवं मदन भण्डारी फाउण्डेसनको सचिव पेम्बा लामा र विदेश विभागकी सदस्य एवं फाउण्डेसनको अध्यक्ष उषा किरण भण्डारी सहभागी हुने तय भएको एमाले स्रोतले जनाएको छ ।
प्रकाशित मिति : March 27, 2022 at 10:10 am









