१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

नुवाकोटको ११ पालिकामा तोकिए निर्वाचन अधिकृत, बेलकोटगढीमा कार्की

१३ चैत, नुवाकोट । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले २०७९ वैशाख ३० गते शुक्रबारका दिन हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ६७६ पालिकामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत गर्नेक्रममा नुवाकोटको पनि ११ वटा पालिकामा नियुयक्त गरेको हो ।

आयोगले जिल्ला न्यायाधीश र नेपाल सरकारका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई चैत २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पदमा नियुक्त गरेको हो ।

आयोगको निर्णय अुनसार नुवाकोटको ककनीमा निर्मला गुरूङ, किस्पाङमा टेकराज भुसाल, तादीमा विवेक घिमिरे, तारकेश्वरमा जीवनकुमार भण्डारी, दुप्चेश्वरमा केशर पण्डित, पञ्चकन्यामा अन्जन न्याैपाने, बेलकोटगढीमा टेकबहादुर कार्की, म्यागङमा सूर्यदर्शनन पण्डित, लिखुमा पूर्णबहादुर थापामगर, शिवपुरीमा खरूदेव चुडाल र सूर्यगढीमा इन्द्रकुमार खड्का रहेका छन ।

प्रकाशित मिति : March 27, 2022 at 9:07 am