७ असार २०८३, आइतबार | Sun Jun 21 2026

निर्वाचन आयोगद्धारा ६७६ पालिकामा मुख्य निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)

१३ चैत, काठमाडौँ । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले २०७९ वैशाख ३० गते शुक्रबारका दिन हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ६७६ पालिकामा नियुक्त भएका निर्वाचन अधिकृतको नामावली सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको सूचीमा ७७ जिल्लाका सदरमुकाम भएका पालिकाहरूमा भने निर्वाचन अधिकृत तोकेको छैन ।

आयोगले जिल्ला न्यायाधीश र नेपाल सरकारका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई चैत २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पदमा नियुक्त गरेको हो । निर्वाचन अधिकृतको विवरण तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : March 27, 2022 at 8:40 am