२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

अनेरास्ववियुको विदुरको अध्यक्षमा सन्तोष चालिसे, ३९ सदस्यीय कमिटी निर्विरोध

१२ चैत, नुवाकोट । नेकपा (एमाले)को जनवर्गीय संगठन अनेरास्ववियु विदुर नगर कमिटीको अध्यक्षमा सन्तोष चालिसे चयन भएका छन । शनिवार विदुरमा भएको नगरपालिकाको पहिलो सम्मेलनबाट चालिसेको नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । कमिटीको उपाध्यक्षमा अरुण खनाल, सचिवमा कबिन्द्र अधिकारी चयन भएको अनेरास्ववियुका नेता अनिष प्याकुरेलले जानकारी दिए ।

यस्तै कमिटिको सह–सचिवमा शिबराम भट्ट, आशा तामाङ र रोजित खान चयन भएका छन् भने कोषाध्यक्षमा सोमु नगरकोटी निर्वाचित भएका छन् । निर्वाचित कार्यसमितिले शनिवार नै सपथग्रहण गरेको छ ।

कार्यक्रममा शुभकामा व्यक्त गर्दै नेकपा एमालेका नेताहरु केशव पाण्डे, ठाकुर गजुरेल, अनुजकुमार श्रेष्ठ र निलम ढुङ्गेलले सग्रह विद्यार्थीहरुको हिक हित र अधिकारको लागि सर्ध अनेरास्ववियु लड्ने विश्वास व्यक्त गरे ।

उनीहरुले आगामी वैशाख ३० गते सरकारले स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेको भन्दै निर्वाचनमा सम्पुर्ण नेता तथा कार्यकर्तालाई केन्द्रित हुन निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार २२:४६