९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

चिनयाँ ऋणमा बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण

१२ चैत, काठमाडाैँ । चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर विमानस्थलको चाबी बुझाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार चिनियाँ ऋण सहयोगमा पोखरा विमानस्थल विस्तारको काम भएको थियो । चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदर कायम गरी पोखरा विमानस्थल बनाउन नेपाललाई २१ अर्ब ६० करोड रुपैयाँ ऋण दिएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार २२:३०