प्रतिनिधि सभाका १० वटा विषयगत समितिका सभापतिहरुको निर्वाचन आगामी भाद्र ५ गते
२९ साउन, काठमाडाैँ । प्रतिनिधि सभाका १० वटा विषयगत समितिका सभापतिहरुको निर्वाचन आगामी भाद्र ५ गते मंगलबार हुने भएको छ । सभामुख कृष्णबहादुर महराले भदाैँ ५ गतेका लागि निर्वाचन तोकिएको जानकारी दिए । भाद्र ५ गते मंगलबार बिहान ११ बजे समितिका सभापतिको निर्वाचनको मिति तय गरिएको छ।

प्रतिनिधि सभामा अर्थ समिति, अन्तराष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखा समिति गरेर १० वटा विषयगत समिति रहेका छन ।
यसैबीच, संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सभामुख कृष्णबहादुर महराको निर्देशनअनुसार प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचनको मिति तोकिएको सूचना प्रकाशित गरेका छन ।
प्रकाशित मिति : August 14, 2018 at 6:27 am







