२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

पाँच दलीय गठबन्धनलाई चुनावी मोर्चामा पहिलो सफलता, भिटोफमा थापा र देवकोटा विजयी


११ चैत, काठमाडाैँ । पाँच दलीय गठबन्धनले चुनावी मोर्चामा पहिलो पटक सफलता पाएको छ । यसअघि देशैभर भएको खानेपानी र सहकारी तथा विद्यालय व्यवस्थापन समितिको चुनावमा समेत पराजित भैरहेको गठबन्धन नेकपा एमालेले करिब बहिष्कार गरेको गाउँ पर्यटन प्रवर्द्धन मन्च नेपाल ( भिटोफ)मा विजयी भएको छ ।

भिटोफको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन । अध्यक्षमा गोपाल थापा विजयी भए भने उनले प्रत्यासी जस्फा पाण्डेलाइ भारी मतले पराजित गरे । त्यस्तै कोषाध्यक्षमा शकुन्तला देबकोटा विजयी भइन । उनले गौरी उप्रेतिलाइ पराजित गरिन । भिटोफको निर्वाचनमा सत्तारूढ दलहरू नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवदी केन्द्र, राप्रपा र जसपा एकै ठाउँमा उभिएका थिए । एमाले भने नेताहरू नै एकठाउँमा हुन नसकेपछि अघोषित रूपमा चुनाव बहिष्करको अवस्थामा पुगेको थियो ।

प्रथम उपाध्यक्षमा तारालाल धरेल , द्वितीय उपाध्यक्षमा नबराज थापा, सचिबमा दिपक पाण्डे, महासचिबमा निषेश थापा, सह-कोषाध्यक्षमा मनहरी दाहाल, सदस्यमा शैलेश लामिछाने, हरि बहादुर बस्नेत र सागर आचार्य सर्बसम्मत निर्वाचित भएका छन । उनीहरू सबै गठबन्धनकै उम्मेदवार हुन ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार २२:०६