२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नेकपा एसमा गएका तनहुँका दुई वडा अध्यक्ष एमालेमै फर्किए

११ चैत, तनहुँ । नेकपा एमाले परित्याग गरेर एकीकृत समाजवादीमा गएका तनहुँका दुई वडाध्यक्ष फेरी नेकपा एमालेमै फर्किएका छन् । शुक्लागण्डकी नगरपालिका–३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ र शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापा फेरी एमालेमै फर्किएका हुन् ।

यस्तै, शुक्लागण्डकी–५ का वडासदस्य थपबहादुर थापाले पनि एकीकृत समाजवादी परित्याग गर्दै एमालेमा फर्किएको घोषणा गरेका छन् । तनहुँमा तत्तकालिन नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधि मध्य १३ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए । सनाखत गर्नेमा पाँच जना वडाध्यक्ष र आठ जना वडा सदस्य थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार २१:४९