१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

देश विकास गर्न जन्मभूमिमा नै फर्कनुपर्छः शिक्षामन्त्री

२८ साउन, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा र सीप सिक्न जहाँ गए पनि देश विकास गर्न जन्मभूमिमा नै फर्कनुपर्ने बताउनुभएको छ । शिक्षालय मासिक पत्रिकाले आज यहाँ आयोजनामा गरेको ‘राष्ट्रिय शिक्षा अवार्ड–२०७५’ वितरण समारोहमा उहाँले भन्नुभयो, “शिक्षाको विकासका लागि सबै एकजुट हुनुपर्छ ।”

मन्त्री पोखरेलले गुणस्तरीय शिक्षाका लागि कुनैं सम्झौता नहुने बताउँदै सामाजिक न्यायमा आधारित समृद्ध मुलुक निर्माणका लागि शिक्षालाई पुनर्गठन गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । शिक्षामा भएका खाडलहरु नपुरे नेपाल समृद्ध मुलुक बन्न नसक्ने बताउँदै उहाँले माध्यमिक तहसम्मको शिक्षालाई प्रविधि र सीपयुक्त बनाउन आफू लागिरहेको धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा उहाँले पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याएवापत पत्रकार विनोद घिमिरे र रोशन क्षेत्रीलाई नगद रु १० हजारसहित राष्ट्रिय शिक्षा अवार्ड–२०७५ बाट सम्मान गर्नुभयो । पत्रिकाको प्रकाशक तथा प्रधानसम्पादक श्याम तण्डुकारको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

प्रकाशित मिति : August 13, 2018 at 10:10 pm