१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

पाँच हजार नमुना परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि

१० चैत, काठमाडौं । नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय ६८ जनामा परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा शून्य मृत्यु रहेको छ ।

प्रकाशित मिति : March 24, 2022 at 6:24 pm