१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

भारतबाट आयात गरेर उद्योगलाई विद्युत् दिन्छौँँ : प्राधिकरण

१० चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरेरै उद्योगमा विद्युत् दिने बताइको छ । भारतमा ऊर्जा संकट भएपछि केही दिनयता उद्योगलाई दिने विद्युत् कटौती गरेको प्राधिकरणले बिहीबार मध्यरातिबाट फेरि भारतबाटै आयात गरेर उद्योगलाई विद्युत् दिने बताएको हो ।

‘आज रातिबाट भारतबाट नै फरक मूल्यमा विद्युत आयात गर्छाैं,’ पत्रकार सम्मेलनमा प्राधिकरण प्रवक्ता सुरेशबहादुर भट्टराईले भने, ‘भारतबाट आयात गरेर हामी उद्योगलाई विद्युत् दिन्छौं ।’

प्रकाशित मिति : March 24, 2022 at 1:55 pm