१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

विवेकशील साझाका नेता दिपेस वैद्यसहित १८ जना नेता एमाले प्रवेश (सूचीसहित)

१० चैत, काठमाडौँ । विवेकशील साझा पार्टीका गत निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ ९क० प्रदेश सभाका उम्मेदवार तथा प्रभावसाली युवा नेता दिपेस वैद्य सहित १८ नेता एमालेमा प्रवेश गरेका छन । नेकपा एमालेका स्थायी कमिटी सदस्य डा राजन भट्टराईका अनुसार विकेकशील साझाकै बागमती प्रदेश सम्पदा विभाग प्रमुख तथा युवा नेता सुमित दास रञ्जितकारसहितका नेता एमालेमा प्रवेश गरेका छन । बिहीबार बिहान नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चलिरहेको ठाउँमा पुगेर उनीहरू एमाले प्रवेश गरेका हुन । उनीहरूले एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताले स्वागत गरे ।

प्रकाशित मिति : March 24, 2022 at 12:26 pm