७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कांग्रेसका नेता एवं सिमरा उपमहानगर २० का अध्यक्ष मियाँ एमाले प्रवेश

१० चैत, काठमाडाैँ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा एमाले प्रवेशको लहर बढेको बढ्यै छ । अध्यक्ष केपी शर्मा ओली जहाँ जान्छन त्यहाँ पार्टी प्रवेश कार्यक्रम सञ्चालन भैरहेको छ । तर त्यतीमा मात्र अन्य पार्टीका जनप्रतिनिधी र कार्यकर्ताहरु अडिएका छैनन् । अध्यक्ष ओलीको निवासमा पुगेर एमाले प्रवेश गर्न पनि पालो पर्खनु पर्ने भएको छ ।

अध्यक्षको सचिवालयले जनाए अनुसार पार्टी प्रवेशका लागि स्थानीय तहका नेता देखि केन्द्रीय सदस्यहरुले समय माग्ने गरेका छन् । ‘अन्य पार्टीबाट एमाले प्रवेश गर्छु भन्नेहरुको संख्या ठूलो छ’ अध्यक्षको सचिवालयका एक सदस्यले भने ‘तर पालो पर्खेरै भए पनि दिनको एक दुईवटा समुह अध्यक्षज्यूको हातबाट टिका,अबिर लगाएर एमाले प्रवेश गरिरहेका छन् ।’

केही दिनको पालो पर्खाइपछि हिजो बाराको सिमरा उपमहानगरपालिका वडा नं २० का वडा अधयक्ष रसुल मियाँ अध्यक्ष ओली निवास बालकोट गएर एमाले प्रवेश गरेका छन । काँग्रेसका पुराना नेता मियाँ काँग्रेसको वडा समितीका सभापति पनि छन  । त्यस्तै काँग्रेस निकट मुस्लिम संघका केन्द्रीय सदस्य पनि छन ।

हिजै साँझ नै कान्तिपुर पब्लिकेसन कर्मचारी यूनियनका पूर्व उपाध्यक्ष प्रदिप कुमार यादव पनि एमाले प्रवेश गरेका छन  । अध्यक्ष ओलीले मियाँ र यादवलाई खादा लगाएर एमालेमा स्वागत गरेका छन । प्रवेश पछि अध्यक्ष ओलीले नयाँ र पुराना कार्यकर्ताको भेद नगरी पार्टीले सबैलाई समान जिम्मेवारी दिने बताएको एमाले पोलिटव्यूरो सदस्य अच्यूत मैनालीले बताएका छन ।

प्रकाशित मिति : March 24, 2022 at 12:05 pm