२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एनआरएनए (शेष घले)को अध्यक्षमा विनोद कुँवर, यी हुन पदाधिकारी

१० चैत, काठमाडाैँ । गैरआवासीय नेपाली संघ एनआरएनए (शेष घले)को अध्यक्षमा विनोद कुँवर चयन भएका छन । काठमाडाैँको होटल याक एण्ड यतिमा भएको घले निकटकाहरूको भेलाले सन् २०२१-२०२३ कार्यकालको लागि अध्यक्षमा कुँवर चयन भएका हुन ।

भेलाले उपाध्यक्षमा उमेश पुडासैनी, बाबुराम लामा, थर्क सेन, सुरेन्द्र सिग्देल, महिला उपाध्यक्षमा भोमा लिम्बु चयन भएका छन् । त्यस्तै महासचिवमा बेल्जियमकी जानकी गुरुङ चयन भएकी छन् । सचिवमा जुनु गुरुङ, कोषाध्यक्षमा डिलाराम खरेल, अस्ट्रेलियका क्षेत्रीय संयोजकमा केशब कडेल, अमेरिकाका क्षेत्रीय संयोजकमा कृष्ण पोखरेल र युरोप क्षेत्रीय संयोजकमा उल्का घिमिरे चयन भएका छन् ।

निर्वाचन समितिबाटै सामुहिक राजीनामा

विवादका विच एनआरएनए पूर्व अध्यक्ष शेष घलेद्वारा गठित निर्वाचन समितिका प्रमुख अधिकृत र सदस्यहरु घलेले अमर्यादित व्यवहार र गरेको भन्दै सामुहिक राजिनामा दिएका छन् । उनीहरुले घलेलाई विधान विपरित अगाडि बढेको समेत आरोप लगाएका छन् । यस अगि घलेलाइ अगाडि बढ्न साथ दिएका केहि एनसिसि अध्यक्षहरुले आफुहरुले दिएको म्यान्डेट फिर्ता लिएको घोषणा गरेका थिए ।

प्रमुख आयुक्त विश्वनाथ वराल सहित ४ जना माथि घलेले बुधवार निर्वाचन समितिको बैठकमा अभद्र व्यवहार गरे पछि राजिनामा गरेका उल्लेख गरेका छन् । उनीहरुले घलेले १२३ जना मतदाताको नाम देखाएर निर्वाचन गराउन दवाव दिएको बताएकाछन् । समितिका सदस्यहरुले पुर्व अध्यक्ष घलेले आफुहरु माथि दुरव्यवहार गरेको आरोप लगाएका छन् ।राजिनामा दिनेहरुमा विश्वनाथ बराल सहित अधिबक्ता बासु देव फुलारा, बिमल सुवेदी, पुष्पा थापा रहेका छन् । (यसअघिको समाचारमा एनआरएनए (शेष घले) हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । -सम्पादक)

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार ११:१३