१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

एमालेसँग एक्लै लड्न सकिदैन चुनावमा गठबन्धन हुन्छः प्रधानमन्त्री पत्नी राणा

१० चैत, कैलाली । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा आरजु राणा देउवाले नेकपा एमालेसँग एक्लै लड्न कठिन भएकाले चुनावमा गठबन्धन हुने स्पष्ट पारेकी छिन । उनले विगतमा कांग्रेसले भोगेको समस्या सबैलाई थाहा नै भएकाले गठबन्धनको विकल्प नरहेको स्पष्ट पारिन ।

बिहीबार धनगढीमा प्रेस युनियन कैलालीले गरेको पत्रकार भेटघाटमा राणाले पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने बताइन । उनले भनिन्, ‘गठबन्धन गरेर चुनावमा जाने हाम्रो पूर्व सम्झौता नै छ । काम पनि त्यही अनुरूपले भइरहेको छ । हामी गठबन्धनसहित चुनावमा जाने हो ।’

प्रकाशित मिति : March 24, 2022 at 11:01 am