१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

जनप्रतिनिधि नै दिनहुँ एमाले प्रवेश गर्न थालेपछि बाबुरामलाई छटपटी, गरे यस्तो माग

१० चैत, काठमाडौँ । जनप्रतिनिधिसहित सबै जसो दलका नेताहरू दिनदिनै सयौँको संख्यामा नेकपा एमालेमा प्रवेश गर्न थालेपछि जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई छटपटी भएको देखिएको छ । अझै कलाकारिताबाट आफैँले राजनीतिमा ल्याएकी अभेनेत्री करिस्मा मानन्धनर नेकपा एमाले प्रवेश गरेपछि उनमा थप विचलन देखिएको छ ।

दिनदिनै एमालेको पार्टी प्रवेश हेरिरहेका डा भट्टराईले बुधबार सामाजिक सञ्जाल मार्फत पार्टी प्रवेशको काम तत्काल रोक्न माग गरेका छन । भट्टराईलाई यसरी मान्छेहरू पार्टी प्रवेश गरेको फिटिक्कै मन परेको छैन । चुनावको मुखमा दल बदल्नु चरम अवसरवाद भएको भन्दै उनले यसलाई रोक्न माग गरेका छन्।

उनले भनेका छन, ‘दल भनेको राज्य र समाजको रूपान्तरणको विचार र बाटोप्रति प्रतिबद्ध व्यक्ति/समूहको संगठित अभिव्यक्ति हो। त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक हो’, बुधबार साँझ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्,‘तर चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दल बदल गर्नु चरम अवसरवाद हो। यसलाई सबैले रोकौं।’

प्रकाशित मिति : March 24, 2022 at 8:06 am