७ असार २०८३, आइतबार | Sun Jun 21 2026

एमाले केन्द्रीय सदस्य रञ्जु ठाकुर जसपामा प्रवेश

९ चैत, सप्तरी । तत्कालीन संविधान सभा सदस्य एवं ऐमाले पार्टीका केन्द्रीय सदस्य रञ्जु ठाकुर बुधबार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकी छिन् । ठाकुरलाई जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबिर,माला र गम्छा लगाएर पार्टी प्रवेश गराएका हुन्।

उनीसँगै राजविराजका उद्योगपति समाजसेवी अरूण प्रधानलगायत नेता तथा कार्यकर्ताहरू एमाले पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा भाैतिक पूर्वाधार तथा यतायातमन्त्रीसमेत रहेकी जसपा नेतृ रेणु कुमारी यादवलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : March 23, 2022 at 4:30 pm