१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

शिक्षा क्षेत्रमा नीजि क्षेत्रले गरेको लगानीलाई सरकारले सुरक्षा गर्ने छः मन्त्री पौडेल (फाटाेफिचर)

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा नीजि क्षेत्रले गरेको लगानीलाई सरकारले सुरक्षा गर्ने बताएका छन । बुधबार काठमाडौंमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याव्सनको शिक्षा मन्दीर उद्घाटन गर्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि नीजि क्षेत्रलाई पनि समावेश गरे अघि बढ्ने र नीजि क्षेत्रको लगानीलाई सुरक्षा गर्ने बताएका हुन । उहाले शिक्षा क्षेत्रको सुधारका लागि नीजि क्षेत्रले राखेका बिषयहरुलाई राज्य गम्भीर रहेको उल्लेख गरे ।

मन्त्री पौडेलले शिक्षा प्रणाली सुधार गर्नु राज्यको एक्लो दायित्व नभएकाले त्यसका लागि निजी क्षेत्रको पनि उत्तिकै आवश्यकता रहने जिकिर गरे । बिद्यार्थीहरुबाट कम शुल्क लिएर गुणस्तरीय शिक्षा दिन उहाले ध्यानाकर्षण गराए । उहाले शिक्षा ऐनलाई समयसापेक्ष संशोधन गर्दै अघि बढिने जानकारी दिए ।

प्रकाशित मिति : March 23, 2022 at 4:17 pm