१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

याक एन्ड यती र हायात रिजेन्सी होटलका सञ्चालक राधेश्याम सराफको निधन

८ चैत, काठमाडाैँ । प्रतिष्ठित होटल व्यवसायी एवं याक एन्ड यती र हायात रिजेन्सीका सञ्चालक राधेश्याम सराफको मंगलबार निधन भएको छ। मेदान्त अस्पतालमा उपचारको क्रममा सराफको निधन भएको परिवारले जनाएको छ ।

सराफको पार्थिव शरिर चार्टर्ड विमानबाट काठमाडौं ल्याएर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी परिवारले गरेको छ । स्वास्थ्यमा समस्या देखिएपछि ९२ वर्षका सराफ एक महिनादेखि मेदान्तमा उपचार गराइरहेका थिए ।

सराफ भारतको गुवाहाटीमा जन्मिएका भए पनि ४५ वर्षदेखि नेपालमै होटल व्यवसाय गरेर बसिरहेका थिए ।

प्रकाशित मिति : March 23, 2022 at 9:00 am