१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

एमाले छाडेको तीन महिनापछि पाँच कार्यकर्तासहित विदुर ६ का अध्यक्ष सडाैला समाजवादीमा

८ चैत, नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राजु सडौला एमाले छाडेको तीन महिनापछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन । मंगलरबार विदुरमा भएको कार्यक्रममा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साडौलालाई स्वागत गरे ।

उनले पाँच जना एमालेका कार्यकर्तालाई समेत समाजवादीमा लगेका छन । पार्टीमा संगठित भएको तर कुनै जिम्मेवारीमा नरहेका पाँच जना कार्यकर्ता पनि समाजवादीमा प्रवेश गरेको एमाले स्रोतले जनाएको छ । सडौला माधव नेपालले नयाँ पार्टी बनाएपछि एमालेमा करिब निष्क्रिय रहेका थिए ।

तर पछिल्लो तीन महिनायता भने उनी एमालेको कुनै पनि कार्यक्रममा सहभागी भएका थिएनन् । उनी समाजवादीका पोलिटब्यूरो सदस्य एवं नुवाकोट इन्चार्ज राजेन्द्र प्रकाश लोहनीका भित्रियाका रूपमा परिचित छन ।

वडा अध्यक्षका रूपमा विदुरमा राम्रै गरेका सडौलालाई एमालेमै राख्न नेताहरूले कोशिश गरे पनि उनको लिगेशी भएका लोहनी नै समाजवादीमा गएपछि उनी आजकै दिनको प्रतिक्षामा थिए । समाजवादीका अध्यक्ष नेपाल पनि उनै सडौलालाई समाजवादी प्रवेश गराउनका लागि नुवाकोट आएका छन ।

 

प्रकाशित मिति : March 22, 2022 at 6:15 pm