१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

साढे दुई करोड ठगी गरेको आरोपमा एक महिला पक्राउ

८ चैत, काठमाडौं । ठगी तथा आपराधिक बिश्वासघात गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठ रहेकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६ बालाजुबाट उनलाई पक्राउ गरेको हो ।

पीडितको नवलपरासी जिल्लास्थित जग्गा÷जमिन खण्डीकरण र बिक्री गरी सो बापत दिनु पर्ने २ करोड ५६ लाख रूपैयाँ नदिई उनी फरार रहेकी थिइन् । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको उक्त परिसरले जनाएको छ ।

प्रकाशित मिति : March 22, 2022 at 11:49 am