२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

अभिनेतृ करिष्मा मानन्धर र पूर्वमन्त्री सिंह समूहसहित एमाले प्रवेश गर्दै

८ चैत, काठमाडाैँ । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्ने भएका छन् । उनीहरूलाई मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

समाजवादी जनता पार्टीका अध्यक्ष समेत रहेका सिंहको पार्टी नै एमालेमा समाहित हुन लागेको हो । अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय थिइन । उनी पनि आफ्नो समूहसहित एमालेमा प्रवेश गर्ने बताइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलवार ०८:४४