एमाले पोलिटब्यूरो बैठक जारी (तस्विरसहित)
७ चैत, काठमाडौँ । नेकपा एमालेको पहिलो पोलिटब्यूरो बैठक शुरू भएको छ । बबरमहलस्थित कार्की ब्यांकेटमा शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । आजको बैठकमा आसन्न स्थानीय तह निर्वाचनको विषयमा छलफल हुनेछ । स्थानीय निर्वाचनसँगै समसायमयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । चितवनमा सम्पन्न १०औँ महाधिवेशनपछि पहिलो पटक पोलिटब्यूरो बैठक बसेको हो ।

प्रकाशित मिति : March 21, 2022 at 12:49 pm









