२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

स्थानीय चुनावका लागि अर्घाखाँचीमा ८ दल दर्ता, परिवार दलदेखि राप्रपा नेपालसम्म

७ चैत, अर्घाखाँची । राष्ट्रिय मान्यता प्राप्त नगरेका ८ दल अर्घाखाँचीमा दर्ता भएका छन् । निर्वाचन आयाेगले दिएकाे समयसीमाभित्र ८ दल दर्ता भएकाे जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रवी अर्यालले जानकारी दिए ।

नेपाल परिवार दलका अध्यक्ष डिल्लीराज भुसालले जिल्ला निर्वाचन कार्यालयमा पुगेर दल दर्ता गरेका छन् । विवेकशिल साझा,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, उन्नत लाेकतन्त्र पार्टी, राष्ट्रिय जनमाेर्चा दरर्ता भएका हुन ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्ट सहित ५ राष्ट्रिय मान्यता प्राप्त दल छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार १०:३४