नेकपा (एमाले) पोलिटब्यूरोको पहिलो बैठक आज, यस्ता छन एजेण्डा
६ चैत, काठमाडाैँ । नेकपा (एमाले)को पोलिटब्यूरोको पहिलो बैठक आज बस्ने भएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आज लागि पोलिटब्यूरोको बैठक बोलाइएको जानकारी दिए ।
थापाथालीको कार्की ब्यांकेटमा बिहान ११ बजे सुरू हुने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुनेछ । बैठकमा सर्वोच्च अदालतले संवैधानिक इजलाशबाट एमाले नेतृत्वको सरकारले गरेका संवैधानिक नियुक्ति खारेजीका लागि गरेको तयारीका बारेमा पनि छलफल हुने बुझिएको छ । एमालेको पोलिटव्यूरोमा ९९ जना सदस्य रहेका छन ।
प्रकाशित मिति : March 21, 2022 at 8:29 am









