७ असार २०८३, आइतबार | Sun Jun 21 2026

एमाले पोलिटब्यूरोको पहिलो बैठक भोलि, निर्वाचनको तयारीका बारेमा छलफल हुने

६ चैत, काठमाडाैँ । नेकपा (एमाले)को पोलिटब्यूरोको पहिलो बैठक भोलि बस्ने भएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले भोलिका लागि पोलिटब्यूरोको बैठक बोलाइएको जानकारी दिए ।

थापाथालीको कार्की ब्याकेटमा बिहान ११ बजे सुरू हुने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुनेछ । एमालेको पोलिटव्यूरोमा स्थायी कमिटीका ४५ जना र अन्य ५५ जना सदस्य रहेका छन ।

प्रकाशित मिति : March 20, 2022 at 5:01 pm