११ मंसिर २०८३, बिहिबार | Fri Nov 27 2026

फोनिज युकेको अध्यक्षमा गोमा राना

https://www.muktinathbank.com.np/online/loan-application

६ चैत, लन्डन । फोनिज युकेको अध्यक्षमा गोमा रानालाई चयन भएकी छन् । उनी यसअघि उपाध्यक्ष थिइन् । फार्नब्रोमा आयोजित वार्षिक साधारण सभामा शाखाकी अध्यक्ष प्रमिला लाबुङ राईले सबैलाई समान अवसर प्रदान गर्न र नेतृत्व विकासका लागि आफूले अध्यक्ष पदबाट राजीनामा दिएको बताइन् । राईले नवनिर्वाचित रानालाई कागजात हस्तान्तरण गरिन् ।

साधारणसभाले बेलायतमा फोनिज युके पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । सो पुरस्कारका बारेमा कार्यसमितिले विस्तृत योजना बनाउने बताइएको छ । फोनिज युकेले यसअघि नै नेपालमा फोनिज युके पत्रकारिता पुरस्कार स्थापना गरिसकेको छ । जसबाट हरेक वर्ष दुईजनालाई २५–२५ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिँदै आएको छ ।

प्रकाशित मिति : March 20, 2022 at 1:02 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/