१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

पर्सामा टेम्पो दुर्घटना, चालकको मृत्यु

६ चैत, पर्सा । पर्साको ठोरी गाउँपालिका–३ मा आइतबार बिहान टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । टेम्पोमा सवार अन्य २ जना सामान्य घाइते भएका छन् । पर्साको ठोरी गाँउपालिका–४ का अन्दाजी ३५ बर्षीय बिर बहादुर विश्वकर्माको मृत्यु भएको हो ।

घाइते भएका ठोरी गाउँपालिका–३ का खेल बहादुर विश्वकर्मा र बिजय सुनारलाई उपचारको लागी स्थानिय मेडिकल पठाइएको छ । रामनगरबाट बिजयवस्ती तर्फ जादै गरेको प्रदेश २–०३–००१ह ६२८ नम्बरको टेम्पो आइतबार बिहान साढे ३ बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।

प्रकाशित मिति : March 20, 2022 at 10:47 am