७ असार २०८३, आइतबार | Sun Jun 21 2026

आगामी चुनावमा कांग्रेसलाई १३ सिटमा सीमित गरिदिने एमाले अध्यक्ष ओलीको घोषणा

५ चैत, काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सीमित गरिदिने घोषणा गरेका छन । शनिबार काठमाडौँमा भएको पार्टीको सम्पर्क समन्वय कमिटी कार्यक्रममा सम्बोधन गर्दै अध्य ओलीले अब कांग्रेसलाई १३ सिटमा सीमित गर्ने गरी चुनावी अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

कांग्रेस र माओवादी केन्द्र लगायतका दलले युवाहरूलाइ चेताइ सकेका कारण ती युवाले एमालेलाई साथ दिने बताए । उनले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकहरुले कांग्रेसलाई भोट नहाल्ने र उनीहरू सबैले एमालेको सूर्य चिन्हमा मतदान गर्ने बताए ।

ओलीले भने, ‘एमालेलाई चौथो पार्टी बनाउँछु भन्छ कोही । अहिले चौथो पार्टी हो एमाले संसद्मा ? संसद्मा एमालेसँग ९८ सिट छ । अरुको धेरै भएकाको पनि ६१ सिट छ । कोही हामीले बनाइदिएको ४८ सिट लिएर हामीले टाँसिदिएको जुँगामा ताउ लाउँछ । त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु–यो गठबन्धन केही होइन । बूढो कांग्रेस पाँच वर्षअघि २३ सिटमा झरेको होइन ? कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ अहिले, लाग्नुस तपाईंहरु । बूढाबूढी, ज्येष्ठ नागरिकहरुले साठी वर्ष माथिका ज्येष्ठ नागरिकहरुले कांग्रेसलाई भोट हाल्दैनन् । अनि युवाहरु कांग्रेस, माओवादीबाट चेतिसकेका छन् । उनीहरुले पनि काँग्रेसलाई भोट हाल्दैनन् ।’

प्रकाशित मिति : March 19, 2022 at 2:58 pm