७ असार २०८३, आइतबार | Sun Jun 21 2026

एमालेको विदुर नगर कमिटीले पूर्णता पायो, १९ सदस्यीय सचिवालय गठन

५ चैत, नुवाकोट । नेकपा एमाले विदुर नगर कमिटीको पहिलो पूर्ण बैठकले मनोनयन र सचिवालय गठन गरेको छ । चार महिना पश्चात पूर्णता प्राप्त गरेको नगर कमिटीको गत हप्ता सपथ ग्रहण भए पश्चात पहिलो बैठक शुक्रबार विदुरमै बसेको थियो।

ब‌ैठकले रिक्त रहेको १० सदस्यमा दिपेन्द्र लोहनी, सुर्य बहादुर तामाङ, दिपक कुमाल, अपार बोहरा, उपेन्द्र रिमाल, राजकुमार तामाङ, रजनी कार्की, अंगुर थपलिया, मञ्जु तामाङ, सर्मिला श्रेष्ठ (शाह)लाई मानोनयन गरेको छ ।

बैठकले १९ सदस्यीय नगर कमिटीको सचिवालय गठन गरेको सचिव अनुजकुमार श्रेष्ठले दैनिकीलाई जानकारी दिए । जसमा नगर कमिटीका पदाधिकारी र १३ वडाका इन्चार्जहरू र दुई जना वरिष्ठ सदस्यहरू रहेका छन । नगरका पदाधिकारीका तर्फबाट अध्यक्ष नविन प्रधान, उपाध्यक्ष मनोज अधिकारी, सचिव अनुजकुमार श्रेष्ठ, भक्त बहादुर अधिकारी, राजकुमार केसी, बिष्णु प्रसाद भट्ट रहेका छन ।

सचिवालय सदस्य नै रहने गरी वडा इन्चार्ज तोकिनेमा १ मा रिता थपलिया, २ मा दिपेन्द्र लोहनी, ३ मा मुकुन्द अधिकारी, ४ मा छविलाल ओझा, ५ मा विष्णु कुमार चित्रकार, ६ मा गुरूगोविन्द न्यौपाने, ७ मा शंकर ढकाल, ८ मा सुमन श्रेष्ठ, ९ मा विनय प्रसाद लामिछाने, १० मा दामोदर खतिवडा, ११ मा धनबहादुर तामाङ, १२ मा उपेन्द्र रिमाल र १३मा प्रकाश कार्की रहेका छन ।

बैठकले “टाेलटाेलमा संगठन, घरघरमा सदस्य” अभियानलाई सार्थक तुल्यान सबै पार्टी कमिटी एकजुट भै लागि पर्ने निर्णय पनि गरेको सचिव श्रेष्ठले बताएका छन । त्यस्तै बैठकले कार्यकर्ता संरक्षण काेष स्थापना गर्ने निर्णय गरेको र साे काेषकाे लागि सचिव अनुज कुमार श्रेष्ठबाट एकलाख रूपैयाँ र  विदुर ४ नम्बर वडा कमिटीका अध्यक्ष निलमबाबु ढुङ्गेलबाट दश हजार रूपैयाँ जम्मा गर्ने प्रतिबद्धता जनाएका छन ।

प्रमुख अतिथि केन्द्रिय कमिटी सदस्य तथा नुवाकोट जिल्ला ईन्चार्ज विन्दा ढुङ्गाना रहेको बैठकमा वागमती प्रदेश कमिटी सदस्यद्वय ठाकुर गजुरेल, गणेश श्रेष्ठ, जिल्ला कमिटी उपाध्यक्ष बुद्धि प्रधान, सचिवालय सदस्यहरु अरुण कुमार श्रेष्ठ, कृष्ण प्याकुरेल, शिव चित्रकार, निर्मला अधिकारी, जिल्ला कमिटी सदस्य नरेन्द्र प्रधान, नगर ईन्चार्ज संजिब श्रेष्ठ लगायत उपस्थित रहेका थिए ।

प्रकाशित मिति : March 19, 2022 at 2:15 pm