१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

महानगरपालिका प्रमुख भीम पराजुलीलाई लक्षित गरी बम प्रहार गरेकाे घटनाको भत्सना

२७ साउन, काठमाडाै । नेपाली काङ्ग्रेसले विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीलाई लक्षित गर्दै अज्ञात समूहले बम विष्फोट गराइ क्षति पु¥याएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उहाँको कार्यकक्ष बाहिर आज गराइएको बम विष्फोटबाट एक जना सख्त घाइते हुनुभएको छ भने कार्यालयको सोफा, सिसा, पार्किङमा राखिएको सवारी साधनामा समेत क्षति पुगेको छ । काङ्ग्रेसले घटनाको निन्दा र भत्र्सना गर्दै घटनामा संलग्नको तत्काल खोजी गरी कडा कारबाही गर्न र घाइतेको उचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७५, आईतवार १९:५७