जनकपुरधाममा आज होली मनाईँदै (फोटोफिचर)
५ चैत, जनकपुरधाम । मधेश प्रदेशसहित मुलुकको विभिन्न स्थानमा शुक्रबार नै होली पर्व मनाइए पनि मिथिला क्षेत्र (जनकपुर)मा भने आज शनिबार धुमधामका साथ होली पर्व बनाईदैछ। जनकपुरसहित यस क्षेत्रमा १५ दिने मध्यमिकी परिक्रमा सम्पन्न भएको भोलिपल्ट मात्रै होली पर्व मनाउने चलन छ । हिजो शुक्रबार परिक्रमा सम्पन्नभएपछि आज यहाँ एक दिन ढिलो होली पर्व मनाइएको हो ।
होली पर्वको अवसरमा जनकपुरधामका विभिन्न चोकमा युवाहरूले मटका फोर कार्यक्रम आयोजना गरेका छन् । जनकपुरधामको राम चोक, जानकी चोकमा मट्का फोर कार्यक्रम गरीरहेका छन् । रंग अबिरको यो पर्वमा एकअपसमा रंग लगाइन्छ ।
होली पर्वको अवसरमा जनकपुरधामा देखिएका झलक।

प्रकाशित मिति : March 19, 2022 at 1:33 pm









