१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

माथिल्लो तामाकोशी र खिम्तीको अवलोकनमा पुगे प्रधानमन्त्री देउवा

५ चैत, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज शनिबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकनमा पुगेका छन ।

देउवाले निर्माणाधीन आयोजनाको भौतिक प्रगतिबारे स्थलगत अवलोकन गरेर र ठेकेदार कम्पनीलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिएको प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

देउवाले खिम्ती जलविधुत आयोजनाको अवलोकन गरी सव स्टेशनको उद्घाटन पनि गरेका छन । माथिल्लो तामाकोशी र खिम्ती जलविधुत आयोजना निर्माण सम्पन्न हुने क्रममा छन् ।

प्रकाशित मिति : March 19, 2022 at 10:58 am