७ असार २०८३, आइतबार | Sun Jun 21 2026

माओवादी केन्द्रसँग चुनावी तालमेल या गठबन्धन दुबै असम्भवः महासचिव पोखरेल

४ चैत, धादिङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताप्रति (जनमतको अवमूल्यन) गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड लगायतलाई नेपाली कांग्रेसले हिर्काएछ भने पनि एमालले आऊ भन्ने ठाउँ नरहेको बताएका छन ।

शुक्रबार धादिङवेशी एमालेको अगुवा कार्यकर्ताको प्रशिक्षणमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल या गठबन्धन दुवै अहिलेको अवस्थामा सम्भव नरहेको बताए । महासचिव पोखरेलले भने ‘त्यस्ता अवसरवादीलाई कसले लिन्छ, एमालेले लिए न मिल्ने हो ।’

माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै उनले भने, ‘यत्रो जनताप्रति घात गर्ने व्यक्तिलाई कांग्रेसले हिर्कायो भने आऊ भन्नेवाला छैनौँ।’ महासचिव पोखरेलले प्रचण्ड र माधवकुमार नेपाल लगायतका केही व्यक्तिलाई स्वीकार गर्न नसकिए पनि अन्य कार्यकर्ता र नेतालाई एमालेमा सधैँ स्वागत गर्न तयार रहेको बताए ।

प्रकाशित मिति : March 18, 2022 at 4:21 pm