१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

४ चैत, मकवानपुर । मनहरी गाउँपालिका–६ भुलचोकस्थित सडकमा बा.४ ख ४४५४ नम्बरको बस शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बसका सहचालक नुवाकोट तार्केश्वर गाउँपालिका–४ बस्ने २२ वर्षीय सुभाष श्रेष्ठ र सोही ठाउँ बस्ने २९ वर्षीय शम्भु दराई रहेका छन् ।

दुर्घटनामा घाइते भएका अन्य ९ जनालाई उपचारका लागि चितवन भरतपुरतर्फ पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : March 18, 2022 at 3:27 pm