७ असार २०८३, आइतबार | Sun Jun 21 2026

पर्वतमा माओवादीबाट निर्वाचित वडा अध्यक्षसहित तीन दर्जन नेता एमालेमा प्रवेश

४ चैत, पर्वत । नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष एमालेमा प्रवेश गरेका छन् । कुश्मा नगरपालिका वडा न ८ का माओवादी केन्द्रका वडा अध्यक्ष हरीनारायण गिरी सहित तीन दर्जन अगुवा नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई एमाले केन्द्रिय सदस्य कल्पना चापागाई र संघीय सांसद तथा केन्द्रिय सदस्य पदम गिरीले स्वागत गरेका थिए । गिरी विगत १७ बर्ष देखि माओवादी केन्द्रको तत्कालीन गाविस अध्यक्ष तथा हाल वडा अध्यक्षको भूमिकामा थिए । उनी माओवादी पाटीबाट देशको सम्बृद्धि नआउने भन्दै एमालेमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : March 18, 2022 at 12:51 pm